+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रविविरुद्ध रुपन्देहीमा मुद्दा चल्ने यकिन छैन, फेरि बयान हुन सक्छ : जिल्ला न्यायाधिवक्ता

आज बिहान ११ बजेपछि पोखरा लगिंदै

टोपराज शर्मा टोपराज शर्मा
२०८१ कात्तिक ३० गते १०:०८

३० कात्तिक,बुटवल । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी अभियोगमा रुपन्देहीमा मुद्दा चल्ने वा नचल्ने यकिन भई नसकेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा भैरहवामा तीन दिनको बयान सकिएपनि अन्य आरोपितको बयान लिएपछि मात्रै मुद्दा चल्ने नचल्ने यकिन हुने छ । अन्य आरोपितको बयानपछि रविसँग पुनः बयान लिनुपर्ने हुनसक्ने र त्यसका आधारमा मुद्दा चल्ने नचल्ने यकिन हुने जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए ।

लामिछानेविरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा भैरहवामा मंगलबारदेखि बिहीबारसम्म साढे २३ घण्टाको बयानमा ७४ वटा लिखित प्रश्नमा सवाल जवाफ भएको थियो ।

‘पक्राउ पूर्जी जारी भएका अरु आरोपितसँग बयान लिई कागजात संकलन गरी प्रतिवेदन तयार हुन्छ, सो प्रतिवेदन पेश गरेपछि मुद्दा चल्ने नचल्ने वा कुन कुन शीर्षकमा मुद्दा चल्ने भन्ने विषय यकिन हुन्छ’, पौडेलले भने, ‘मुलुकी फौजदारी कार्यव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिलसमक्ष वयान लिने व्यवस्था अनुरुप प्रतिवेदनमा अनुसन्धान पूरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्दाको बीचमा थप बयान लिनुपर्ने देखिएकोमा थप बयान लिन सक्ने व्यवस्था छ,त्यो कानुन टेकेर अवस्था हेरेर वयान फेरि पनि लिन सकिने छ ।’

पोखरा र रुपन्देहीमा एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक–फरक भएकाले लामिछानेविरुद्ध छुट्टै मुद्दा दर्ता हुन सक्ने छ ।

अहिलेसम्म पक्राउ अनुमति लिइएका र अनुसन्धान गर्नुपर्ने देखिएका अन्य व्यक्तिहरूविरुद्ध पनि रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।

यसअघि सुप्रिम सहकारी ठगी कसुरमा गोर्खा मिडिया नेटवर्कका पुर्व सञ्चालक छविलाल जोशीसँग पनि बयान लिएको थियो ।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । ती मध्ये सहकारीका व्यवस्थापक सागर केसी लगायत केही फरार छन् । लामिछानेले बयानका क्रममा सहकारीको रकम अपचलनबारे जीबी राई र सागर केसीलाई सबै कुरा थाहा भएकाले उनीहरुलाई सोध्नुपर्ने बताएका स्रोतको भनाइ छ ।

प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

तर लामिछानेले आफू सहकारीको सदस्य, ऋणी केही नभएको, आफूले ऋण माग नगरेको र ऋण नलिएको जिकिर गर्दै आएका छन् ।

३ दिनको बयान सकिएका लामिछानेलाई आज पोखरा लगिँदैछ । हुस्सु लागेर मौसम खराबीका कारण विमानस्थल नखुलेकाले बिहान ११ बजेपछि मात्र पोखरा पठाउन लागिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?