+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंको गंगाहलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १२:०५

३० कात्तिक, काठमाडौं। काठमाडौं महानगरपालिका–१६ गंगाहल नजिक सडकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सु.प. प्र. ०२–००१ ख १३३० नम्बरको बसले प्रदेश ३–०२–००७ प ७६१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने १८ वर्षीय युनिक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको हेम्स अस्पताल धुम्बाराहीमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?