+
+

झण्डै ९० लाख रुपैयाँ बराबरको बिलबिजक बिनाका औषधि बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १६:११

३० कात्तिक, काठमाडौं । करिब ९० लाख रुपैयाँ बराबरको बिलबिजक बिनाका औषधिसहितको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । राति करिब साढे १२ बजेसम्मको समयमा ८७ हजार ६१ रुपैयाँ बराबरको औषधि नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी दीपक भारतीका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका-०८ स्थित घण्टाघर चोकबाट उक्त ट्रक नियन्त्रण लिइएको हो ।

नियन्त्रणमा लिइएका औषधि र ट्रक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?