+
+

चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते १३:२४

३ मंसिर, काठमाडौं । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटले केहीबेर अघि पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनाको विरोधमा स्थानीयले बाटो अवरुद्ध पारेका छन् ।

सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट इन्सपेक्टर निरला भण्डारी नेतृत्वको टोली खटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट पनि डीएसपी ज्ञानकुमार महतोको कमान्डमा थप टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?