+

नेसन्स लिग फुटबल: स्पेनले रोमाञ्चक जित निकाल्दा पोर्चुगल बराबरीमा रोकियो

२०८१ मंसिर  ४ गते १०:४८ २०८१ मंसिर ४ गते १०:४८
नेसन्स लिग फुटबल: स्पेनले रोमाञ्चक जित निकाल्दा पोर्चुगल बराबरीमा रोकियो

४ मंसिर, काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो ।

स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे ।

रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा बराबरीमा फर्किएपछि इन्जुरी समयको पेनाल्टी गोलले खेल जितायो ।

खेलको ३२औं मिनेटमा पिनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएपछि पहिलो हाफमा स्पेन १-० ले अगाडि रह्यो ।

दोस्रो हाफको ६३औं मिनेटमा मोन्टेरोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको पाँच मिनेटमा गिलले गोल गर्दै स्पेनलाई पुनः खेलमा अगाडि ल्याए ।

८५औं मिनेटमा पेनाल्टीमार्फत जेकिरीले गोल गरेपछि खेल २-२ को रोमाञ्चक बराबरीमा आएको थियो ।

तर इन्जुरी समयमा पाएको पेनाल्टीमा जारागोजाले गोल गरेपछि स्पेनको ३-२ को जित सुनिश्चित भएको थियो ।

यसअघि नै क्‍वाटरफाइनलमा पुग्ने निश्चित भइसकेको स्पेनले ६ खेलमा १३ अंक जोडेको छ । स्वीट्जरल्याण्डको २ अंक मात्र छ ।

पोर्चुगलको क्रोएसियासँग बराबरी

नेसन्स लिग अन्तर्गत लिग ए समूह १ को खेलमा पोर्चुगल भने बराबरीमा रोकिएको छ । खेलमा सुरुवाती अग्रता लिएको पोर्चुगललाई क्रोएसियाले बराबरीमा रोकेको हो ।

खेलको ३३औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । ६५औं मिनेटमा जोस्को भार्डीओलले गोल गरेपछि पोर्चुगल १-१ को बराबरीमा रोकिएको हो ।

बराबरी खेलेपनि दुवै टोलीको यसअघि नै क्‍वाटरफाइनलमा स्थान सुरक्षित भइसकेको छ ।

पोर्चुगल यूईएफए नेसन्स लिग फुटबल स्पेन स्वीट्जरल्याण्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय