+
+

निर्धक्क भएर लगानी गर्नुस् : मुख्यमन्त्री आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १९:०९

६ मंसिर, बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा सुरु भएको दोस्रो व्यापार महोत्सवको उद्घाटन गरेका छन्।

महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा उद्योग तथा व्यापार व्यवसायको राम्रो सम्भावना भएकाले निर्धक्क भएर लगानी गर्न आग्रह गरे।

पछिल्लो समय आर्थिक अवस्था सुधार हुन थालेको, उद्योग, व्यवसायको क्षेत्रमा सकारात्मक प्रभावहरु देखिन थालेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले लगानी मैत्री वातावरण बनाउने नीति अवलम्बन गरेकाले ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीहरुमा आग्रह गरेका हुन्।

लुम्बिनी प्रदेशको विकास र समृद्धिको आधार उद्योग, व्यसाय, कृषि र पर्यटन भएकाले यी क्षेत्रमा लगानी जरुरी रहेको बताए। ‘राज्यले वातावरण बनाउछ, लगानीकर्ताहरुले निर्धक्क भएर लगानी गर्नुस्,’ उनले भने, ‘सरकारले व्यवसायीहरुको संरक्षण र सम्बर्द्धन गर्छ, उद्योग, व्यवसाय, पर्यटन, कृषि, पूर्वाधार विकास हाम्रा प्राथमिकता हुन्।’

एक अर्को प्रशंगमा मुख्यमन्त्री आचार्यले आफुले थालेका काम प्रति दृढ विश्वास नहुदा समाजमा केही विचलन देखिएको उल्लेख गरे। ‘अहिले आफूले गरेका कामप्रति विश्वास गर्न नसक्दा विचलन देखियो,’ उनले भने, ‘पुर्खाहरुले गरेका व्यवसाय वैज्ञानिक थिए। तर, अहिले ती व्यवसाय छोड्दै जाँदा समस्याहरु आएका छन्।पुर्खाले गरेका व्यवसायलाई निरन्तरता दिन सक्नुपर्छ।’

तिलोत्तमा लुम्बिनीको मात्रै नभइ देशकै उदाउँदो र नमुना शहरको रुपमा परिचित हुनु गौरवको विषय भएको उनको भनाइ छ। तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले महोत्सवमा विभिन्न क्षेत्रका तीन सय स्टल रहेका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?