+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

धान फल्ने खेत मासे, सुन्तला फलाएर लाखौं कमाए

रासस रासस
२०८१ मंसिर ८ गते १४:४४

८ मंसिर, म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए । ५ वर्ष युएई र मलेसियामा काम गरेर फर्किएका उनी धान खेत मासेर सुन्तलाका विरुवा रोपेका थिए

‘बुवाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरुले धान फल्ने खेतमा काडा रोपेर छोराछोरी भोकै पार्ने भईस भनेर गाली गरेका थिए,’ ४४ वर्षीय केसीले भने, ‘त्यसबेला गाली गर्नेहरु अहिले मैले सुन्तला बेचेर आम्दानी गरेको देखेर दंग परेका छन् ।’

बीस रोपनी पाखोबारी र खेतमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यसपालि १० लाख रुपैयाँको सुन्तला बिक्री भइसकेको र थप ४ लाख रुपैयाँको सुन्तला बिक्री गर्न बाँकी रहेको बताए । हाल दुई ५० बोट सुन्तलाले उत्पादन दिने गरेको छ ।

केसीले सुन्तला खेतीका साथै के.सी. मौरीपालन स्रोत केन्द्र सञ्चालन गरेर वार्षिक २ सयदेखि ३ सय मौरी सहितको घार बिक्री पनि गर्छन् । सुन्तला र मौरीको आम्दानीले बागलुङमा घर बनाएका केसीले दुई छोरीलाई उच्च शिक्षा पढाए । एक छोरा र छोरी मावि तहको अध्ययन गर्दैछन् ।

‘विदेशबाट फर्केपछि माछा, भैसी र बंगुर पालें,’ उनले भने, ‘माछा र बंगुर मरेर ठूलो नोक्सान भयो । भैसीबाट आम्दानी राम्रै भएपनि धेरै दुःख र झञ्जट भयो । सुन्तला र मौरी ब्यवसायबाट सफलता मिल्यो ।’ कुनै पनि काममा निरन्तरको प्रयासपछि सफलता प्राप्त हुने केसीको अनुभव छ ।

मौरी सहितको प्रतिघार मौरी १० हजार रुपैयाँका दरले बिक्री हुन्छ । म्याग्दीका साथै पर्वत, बागलुङ, कास्कीलगायत जिल्लाबाट मौरीको माग आउने गरेको छ । ब्यापारीले अग्रिम पैसा दिएर सुन्तला किनेर लैजाने गरेका छन् ।

सुन्तला खेती र मौरीपालनबाट केसीको जिवनशैलीमा परिवर्तन आएको छ । छोराछोरी र श्रीमतिले केसीलाई कृषि फार्ममा साथ दिएका छन् ।

किसान केसीको सिको गरेर सुर्केमेलाका १६  कृषकहरुले ब्यवसायिक सुन्तला खेती गरेका छन् । सुर्केमेलामा सुन्तला खेती गर्ने पहिलो कृषक केसी हुन् । चार सय बोट सुन्तला लगाएका सुर्केमेलाका धनराज पुनले अन्नबालीको तुलनामा धेरै गुणा बढी आम्दानी भएको बताए ।

वर्षमा आठ/दश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलामा १० लाख रुपैयाँभन्दा बढी कमाइ हुने उनले बताए । सिंचाइ सुविधा भएको सुर्केमेलाको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ । रसिलो, स्वादिलो सुन्तला काठमाडौ, पोखरा, बेनीका ब्यापारीले किनेर लैजान्छन् । सुर्केमेलाका कृषकलाई कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कार्यालयले सघाएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?