 
																			९ मंसिर, काठमाडौं । सिन्धुलीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कमलामाई-९ इनारपानीस्थित मदन भण्डारी राजमार्गमा ना४७प ६४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
भिमानबाट चन्दनपुरतर्फ जादै गरेको मोटरसाइकलका चालक बर्दिवास नगरपालिका-२ हङकङडाँडाका २५ वर्षीय नारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4