+
+

प्रतिनिधिसभाका सचिव अधिकारीले ५ महिना नपुग्दै दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते १३:०९

९ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाका सचिव अधिकारीले राजीनामा दिएको बताए ।

‘स्वास्थ्यको कारण देखाएर यही मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा दिनुभएको छ’ प्रवक्ता गिरीले जानकारी दिए ।

सचिव अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् ।

सभामुख देवराज घिमिरेको सिफारिसमा १८ असार २०८१ मा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए ।

सभामुख घिमिरे हाल कम्बोडिया भ्रमणमा छन् । पूर्वसचिव अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्ति सिफारिस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?