१३ मंसिर, काठमाडौं । क्यानडाका अलराउण्डर हर्श थाकरले एनपीएल टिम जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । जनकपुरले बिहीबार थाकरलाई अनुबन्ध गरेको जनाएको हो ।
जनकपुरले अनुबन्ध गरेको थाकर छैटौं विदेशी खेलाडी हुन् । यसअघि न्युजिल्याण्डका जिमी नीशम, अमेरिकाका लाहिरु मिलान्था, अमेरिकाका जोसुआ ट्रम्प, अमेरिकाकै मोहमद मोहसिन र इंग्ल्याण्डका बेन माइक अनुबन्ध गरिसकेको छ ।
जनकपुरको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर आसिफ शेख छन् । उनीसँग अर्का विकेटकिपर ब्याटर अनिल शाह पनि छन् ।
त्यसैगरी प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् ।
जनकपुरले पहिलो खेल विराटनगर किंग्ससँग उद्घाटनकै दिन अर्थात् मंसिर १५ गते खेल्ने छ ।
प्रतिक्रिया 4