+

सुदूरपश्चिमबाट खेल्न स्कट कुग्लेइन नेपाल आइपुगे

२०८१ मंसिर  १३ गते ११:३२ २०८१ मंसिर १३ गते ११:३२
सुदूरपश्चिमबाट खेल्न स्कट कुग्लेइन नेपाल आइपुगे

१३ मंसिर, काठमाडौं । शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्न सुदूरपश्चिम रोएल्समा अनुबन्धित विदेशी खेलाडी स्कट कुग्लेइन नेपाल आइपुगेका छन् ।

न्युजिल्याण्डका कुग्लेइन बुधबार राति नेपाल आइपुगेका हुन् । उनलाई टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

यसअघि अर्का खेलाडी सेफ अली जैब र टिमका मेन्टर ब्राड हज नेपाल आइसकेका छन् । अन्य विदेशी खेलाडी भने नेपाल आउन बाँकी छ ।

अन्य विदेशी खेलाडीमा स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन, यूएईका रोहन मुस्तफा छन् । टिमको मार्की खेलाडीमा दिपेन्द्रसिंह ऐरी छन् ।

सुदूरपश्चिमले पहिलो खेलमा मंसिर २९ गते विराटनगर किङ्ससँग खेल्ने छ ।

स्कट कुग्लेइन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय