काठमाडौं । दक्षिण भारतीय स्टार नागा चैतन्य र शोभिता धुलिपालाको हल्दी समारोह शुक्रबार हैदराबादमा भएको छ । समारोहका तस्वीर सामाजिक सञ्जालमा भाइरल छन् ।
हल्दी सेरोमनीमा परिवारका सदस्य र नजिकका साथीभाइ मात्रै उपस्थित थिए । दुवैले डिसेम्बर ४ मा हैदराबादको अन्नपूर्ण स्टुडियोमा विवाह गर्नेछन् ।
हल्दी समारोहमा शोभिता दुई फरक पहिरनमा देखिएकी थिइन् । पहिलो लुकमा उनले चम्किलो रातो साडी र र सिन्दूरको टीका पनि लगाएकी थिइन् । दोस्रो लुकमा शोभिताले पहेंलो रङको साडी लगाएकी छिन्, जसमा उनी रानीजस्तै देखिएकी छन् ।
यसअघि यी दुवैको विवाहको पहिलो झलक सार्वजनिक भएको थियो । पेस्टल रङ प्यालेटमा निम्तो पत्र सिर्जना गरिएको थियो । कार्डमा मन्दिरको घण्टी, काँसको बत्ती, केराको पात र गाईको चित्र चित्रण छ ।
हैदराबादको अन्नपूर्ण स्टुडियो नागाका हजुरबुवा अभिनेता अक्किनेनी नागेश्वर रावले सन् १९७६ मा बनाएका थिए ।
नागा र शोभिताले अगस्टमा इन्गेजमेन्ट गरेका थिए । मिडिया रिपोर्टका अनुसार दुवैले चैतन्यका पिता नागार्जुनको घरमा एक निजी समारोहमा इन्गेजमेन्ट गरेका थिए । नागार्जुनको घर हैदराबादको पोश क्षेत्र जुबली हिल्समा अवस्थित छ ।
सामन्था रुथ प्रभु र नागा चैतन्यले गोवामा ६ अक्टोबर २०१७ मा पहिले हिन्दू र त्यसपछि ७ अक्टोबरमा इसाई परम्पराअनुसार विवाह गरेका थिए । विवाहपछि सामन्थाले आफ्नो नाम अक्किनेनी राखेकी थिइन् ।
सम्बन्ध विच्छेदपछि सामन्थाले ट्वीटर ह्यान्डलबाट अक्किनेनीलाई हटाएर सामन्था रुथ प्रभु बनाएकी थिइन् । उनीहरु दुवैले ६ अक्टोबर २०२१ मा वैवाहिक जीवनको चार वर्ष पूरा गर्न लागेका थिए तर त्यसअघि नै उनीहरु छुट्टिए ।
प्रतिक्रिया 4