+

स्वास्थ्यमन्त्री पौडेलले भेटे पोखराका खेलाडीलाई

२०८१ मंसिर  १४ गते १९:११ २०८१ मंसिर १४ गते १९:११
स्वास्थ्यमन्त्री पौडेलले भेटे पोखराका खेलाडीलाई

१४ मंसिर, काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एनपीएल सुरु हुनु एक दिनअगाडि पोखरा एभेन्जर्सका खेलाडीलाई भेटेका छन्।

आफू पनि गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने बताउँदै पोखराको हस्पिटालिटी पार्टनर सोल्टी होटलमा बसेका खेलाडीहरूलाई उनले जितको अग्रिम शुभकामना दिए।

‘म पनि तनहुँमा जन्मेको र पोखरामा हुर्केको हुँ। त्यसैले मेरो समर्थन पोखरा एभेन्जर्सलाई छ। तपाइँहरू ट्रफी जितेर आउनुस्। अग्रिम शुभकामना छ’, खेलाडीलाई भेटेर पौडेलले शुभकामना दिए।

कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले एनपीएलको ट्रफी उचाल्न टिम तयार भएको बताए।

‘एनपीएलको ट्रफी उचालेपछि फेरि मन्त्रीज्यबाट स्वागतका क्रममा भेट हुनेछ, ‘ त्रिपाठीले विश्वास व्यक्त गरे।

एनपीएल शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुँदैछ।

पोखरा एभेन्जर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय