१६ मंसिर, जनकपुरधाम । सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना शस्त्र प्रहरीको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक ठक्करबाट शस्त्र प्रहरीका सई लक्ष्मण यादवको मृत्यु भएको हो ।
टक्करबाट गम्भीर घाइते यादवको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भए सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
गाडी बोर्डर नजिक चेक जाँचका लागि खटिएका यादवलाई ठक्कर दिएर भागेको हो । ठक्कर दिने गाडीको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4