 
																						फाइल तस्वीर								
											१६ मंसिर, सुरुङ्गा (झापा) । झापाको कनकाई नगरपालिका–६ मा ४५ प्रतिशत मतदान भएको छ ।
वडाध्यक्ष पदका लागि भइरहेको निर्वाचनमा दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत तुलसी नेपालले अनलाइनखबरलाई बताए ।
उनका अनुसार, आइतबार साँझबाटै मतगणना सुरु गर्ने तयारी छ । ‘राजनीतिक दलहरुसँग संक्षिप्त छलफल गरेर सकभर आजैबाट गणना थाल्ने तयारी छ’, उनले भने ।
कनकाई ६ को वडाध्यक्षका लागि एमालेबाट तुलाराम बस्नेत, कांग्रेसबाट रामगोपाल ओली, माओवादी केन्द्रबाट गणेश थापा, राप्रपाबाट नारायणप्रसाद निरौला र स्वतन्त्रबाट लक्ष्मीप्रसाद ओली उम्मेदवार छन् ।
एमालेबाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको क्यान्सर रोगका कारण निधनपछि रिक्त पदमा उपनिर्वाचन भइरहेको हो । कनकाई ६ मा २ हजार ५८ जना मतदाता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4