+
+

अपडेट : कीर्तिपुरमा मतगणना आजै

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १९:१२

१६ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना आजै सुरु हुने भएको छ । सुरुमा वडा नम्बर १ मा मेयरको त्यसपछि वडाध्यक्षको मतगणना सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ ।

यसैगरी वडा नम्बर ४ मा पनि सुरुमा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु हुने छ । त्यसपछि क्रमशः वडा नम्बर २ देखि १० सम्मको वडाको मतगणना हुने छ ।

यसअघि आज मेयरको मतगणना नगर्ने समझदारी दलका प्रतिनिधिहरुबीच भएको थियो । तर सर्वदलीय बैठकले मेयरको पनि मतगणना गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरको मतगणना नगरपालिकाको हलमा हुनेछ ।

कीर्तिपुर नगरपालिकामा ६८ दशमलव ६६ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको विवरण अनुसार ३१ हजार ११२ मतदातामध्ये २१ हजार ३६२ मत खसेको हो ।

कीर्तिपुरमा मेयर पदमा र वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो ।

यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भने ५० प्रतिशत मात्र मत खसेको छ ।

काठमाडौंको वडानम्बर १६ मा २१ हजार २५ मतदातामध्ये १० हजार ५३९ जनाले मात्र मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । त्यहाँको मतगणना आजै सुरु गर्ने तयारी छ ।

वडा नम्बर १६ को मतगणना वडा कार्यालयमै हुने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?