
१७ मंसिर, काठमाडौं । कीर्तिपुरको स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायम छ ।
उनले १ हजार ३१३ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा ३३५ मतले अगाडि छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ९७८ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले ७१६ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार दिनेश कुमारले ६३१ र राजमान महर्जनले ५२० मत पाएका छन् । केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका थिए ।
राप्रपाका उम्मेदवार ध्रुव महर्जनले २२७ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4