 
																			१७ मंसिर, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणनामा माओवादी केन्द्रको अग्रता कायमै छ ।
सोमबार साँझ ६: २० बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले ९४८ मतसहित अग्रता लिएकी हुन् ।
यसैगरी नेपाली कांग्रेसकी सविता बुढाले ८६७ मत पाएकी छन् भने नेकपा एमालेकी उम्मेदवार जाना शाहीले ६४१ मत पाएकी छिन् ।
यस्तै राप्रपा उम्मेदवार संगीता शाहीले ३६ र रास्वपा उम्मेदवार बाँचा बुढाले १२ मत पाएका छन् ।
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट चन्द्रसिंह कार्कीले उपाध्यक्षमा चुनाव जित्दा ३ हजार २ सय ६९ मत पाएका थिए ।
एमालेकी जुनकुमारी फडेरा १ हजार ६४ मत ल्याएर उपविजेता भएकी थिइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4