+
+

‘पुष्पा २’ लाई नेपालमा ५९१ शो, ३ करोड बढी ओपनिङ गर्ने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते १४:१२

काठमाडौं । भारतीय फिल्म ‘पुष्पा २’ ले नेपाली बक्स अफिसमा न्यूनतम ३ करोड रुपैयाँभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ४२० थ्रीडी र १७१ टुडी संस्करणका शोसहित बिहीबारदेखि यो फिल्म नेपालमा रिलिज हुँदैछ ।

फिल्मले पहिलो दिनमा कुल ५९१ शो पाएको छ । यो शो संख्या नेपालमा कुनै फिल्मले पाएको अहिलेसम्मकै सर्वाधिक संख्या हो । ओपनिङ कमाइमा अधिकांश हिस्सा थ्रीडी संस्करणको हुनेछ । एक थ्रीडीको औसत टिकट मूल्य ४५० हाराहारीमा हुन आउँछ ।

थ्रीडी र टुडीको हिसाब गर्दा पहिलो दिन ८० हजारदेखि १ लाख दर्शकले यो फिल्म हेर्ने अनुमान छ । अग्रिम टिकट बिक्रीको ट्रेन्ड हेर्दा बिहीबारका सबै शो शतप्रतिशत हुनेतर्फ अग्रसर छन् । बिहानी, दिउँसो र बेलुकाका सबै शो हाउसफुल छन् ।

वान सिनेमाजले बिहान साढे ४ बजे, बिग मुभिजले बिहान ४:१५, लबिम लगायतका हलले राति ११:४५ बजेको समेत शो दिएका छन् । यसको अर्थ ‘पुष्पा २’ चौबीसै घण्टा हलमा चल्नेछ । रनटाइम नै ३ घण्टा १५ मिनेटको भएकाले हलको ब्रेक जोड्दा पौने ४ घण्टा दर्शकले हलमा बिताउनुपर्नेछ ।

हलले बिहान ४ बजेदेखि राति १२ बजेसम्म नै शो दिएका छन् । फिल्मले बिहीबार, शुक्रबार र शनिबारसम्म मात्र ६ देखि ७ करोडसम्म कलेक्सन गर्ने अनुमान छ । किनभने, बिहानी शोको टिकट रेट आधा हुन्छ । यसले ग्रस कलेक्सन प्रभावित हुन्छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको हलको सूचीअनुसार ‘पुष्पा २’ देशभरका सबै १६६ हलमा प्रदर्शन हुनेछ । ‘पुष्पा २’ प्रदर्शनलाई नियमन गर्न चलचित्र विकास बोर्डले पूर्वदेखि पश्चिमसम्मका हलमा कर्मचारी खटाउने तयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?