१९ मंसिर, काठमाडौं । भारतिय स्टार क्रिकेट शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार आफ्नो पहिलो अर्धशतक प्रहार गरे । पहिलो खेलमा खासै चल्न नसकेको उनले दोस्रो खेलमा सुझबुझ रुपमा ब्याटिङ गर्द अविजित ७२ रन बनाएका थिए । जसको मदतमा कर्णाली याक्सले १४९ रन बनाएको थियो ।
धवनले बनाएको रन चौथो दिनसम्म एनपीएलमा कुनै पनि खेलाडीले एकै खेलमा बनाएको सर्वाधिक रन समेत हो । तर त्यो स्कोर कर्णालीलाई जित दिलाउन पर्याप्त भए । अर्कोतर्फ घरेलु खेलाडीद्वय सुमित महर्जनको सुझबुझपूर्ण ब्याटिङ अनी करण केसीको विष्टफोटक ब्याटिङले काठमान्डु गुर्खाजलाई लिगको पहिलो जित दिलाए ।
मैदानमा धवनको धेरै चर्चा छ । करण केसीको छक्का चौकाको पनि धेरे चर्चा हुन्छ । तर सुमितले चुपचाप आफ्नो काम गर्दै काठमान्डुलाई जित दिलाए । उनले अविजित ४० रन बनाएर गेम फिनिस गरे । काठमान्डुले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै जित निकाल्यो । त्यसैको नतिजा सुमित प्लेअर अफ दि म्याच भए ।
अघिल्लो खेलमा चितवन विरुद्ध पराजित हुँदा पनि सुमितले नै सर्वाधिक २९ रन बनाएका थिए । काठमान्डुको पहिलो जितपछि कप्तान करणले पनि सुमितको तारिफ गरे । ‘सुमित सेट ब्याटर थियो । तिमी सक्छौँ भनेर भनिरहेको थिएँ । सुमितले जुन हिसावले ब्याटिङ गरिरहेको थियो । मलाई कन्फिडेन्स थियो ।’
सुरुवात राम्रो नभएपनि मिडल अर्डरले राम्रो खेलेपछि सजिलो भएको करणले बताए । ‘बलिङमा सुरुवात राम्रो भयो । अन्तिम ४-५ ओभर अली चुक्यौँ । ब्याटिङमा अझै स्टेप अप गर्नुपर्ने थियो अल मिस भयो । तर फिनिस राम्रो भयो । त्यसले जितमा सहयोग भयो ।’
पहिलो खेलमा सुमितले वान डाउनमा ब्याटिङ गरेमा थिए । तर कर्णाली विरुद्ध भने सुमित छैटौं नम्बरमा ब्याटिङमा आए । आठौं ओभरमा चौथो विकेट गुमाएपछि सुमित क्रिजमा पुगेका थिए । उनले पाँचौ विकेटका लागि जेरार्ड एरासमससँग ५७ रनको साझेदारी गरे । त्यसपछि एरासमस ३८ रन बनाएर बउट भए । २८ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । अर्को छेउबाट सुमितले इनिङ्स सम्हालिरहे । एरासमस आउट भएपछि कप्तान करण आफैँ सातौं नम्बरमा क्रिजमा पुगे ।
‘हाम्रो योजना भनेको २-३ ओभरमा राम्रो चाहिने थियो १०-१२ रन को । जेरार्डले चाहिने बेला राम्रो खेलर गयो । मलाई राम्रो प्ल्याटफर्म दिएर गयो । सुरुमा राम्रो नभएपनि मिडल अर्डर राम्रो भयो आज ।’ करणले भने ।
करण केसी १६औं ओभरको अन्तिममा क्रिज पुग्दा काठमाडौंलाई जितका लागि २६ बलमा ५२ रन आवश्यक थियो । ५ विकेट हातमा थियो । सुमित २५ बलमा १७ रन बनाएर खेलिरहेका थिए ।
करण र सुमितको ‘शो‘
त्यसपछि करण केसी र सुमित महर्जन ‘शो’ सुरु भयो । दुवैले पालैपालो चौका छक्का हान्न थाले । कर्णालीका अनुभी खेलाडी तथा कप्तान सोमपाल कामीसँग त्यसको कुनै जवाफ थिएन । अन्तिम चार ओभरमा सोमपाल र नन्दन यादवले २-२ ओभर बलिङ गरे । तर सोम र नन्दनमाथि करण र सुमित हावी बने ।
करणले आफ्नो पहिलो बलमा गुल्सनको बलमा २ रन लिए । त्यसपछि अर्को ओभरमा करणले कर्णाद्यीका कप्तान सोमपाल कामीलाई एक छक्का र एक चौका हान्दा काठमान्डुले १३ रन जोड्यो ।
अब जितका लागि १८ बलमा ३७ रन आवश्यक भयो । नन्दन यादवले बलिङ गरेको १८औं ओभरमा करणले एक छक्का र सुमितले एक चौका प्रहार गर्द १६ रन जोडे ।
अब दुई ओभरमा जितका लागि २१ रन आवश्यक भयो । १९औं ओभरमा सोमपाल बलिङमा भए । यस पटक सुमितले एक छक्का र करणले एक चौका प्रहार गरे । तर ओभरको अन्तिम बलमै छक्का हानेर करणले गेम फिनसिङ रग्न खोज्दा देव खनालबाट क्याच आउट भए । करणको ठलो सटमा देवले आफ्नो हाइटको फाइदा उठाउँदै सानदार क्याच लिएका थिए । जुन क्याच अफ दि टुर्नामेन्टको नम्बर वान लिस्टमा छ ।
१९औं ओभरमा १४ रन जोडेपछि काठमान्डुलाई अन्तिम ओभरमा जितका लगि ७ रन आवश्यक भयो । अनतिम ओभरमा नन्दन नै आए। उनले पहिलो बल वाइड फाले । त्यसमा सुमितले चौका प्रहार गर्द जित सहज बनाए । तर दोस्रो बलमा दुई रन लिएर गेम सकाउने चक्कारमा रासदि खान आउट भए । स्कोर भने टाई भइसकेको थियो । त्यसपछि चौथो बलमा सुमितले चौका हानेर गेम फिनिस गरे ।
गेम फिनिस नगर्दै आउट भएपनि करणले सबैलाई इन्टरटेन गराउने इनिङ्स खेले । उनको ब्याटबाट समर्थकले पनि त्यस्तै चाहन्छन् । ‘मेरो गेम नै त्यहि थियो चौका भन्दा छक्का धेरै हान्न मन पर्छ । म भित्र जाँदा सबैलाई छक्का हेर्न मन पर्छ’ करणले खेलपछि भने,’आफूलाई कन्फिडेन्स थियो । जहाँसम्म तान्न सक्छ लिएर जान्छु । मेरो जोनमा आयो भने गेम क्लियर गर्न सक्छु भन्ने कन्फिडेन्ट थियो ।’
करणले दबाब भन्दा पनि खेल जित्नुपर्ने जरुरी रहेको र मोमेन्टम लिन सफल भएको बताए । ‘प्रेसर भन्दा पनि जसरी पनि जित्नुपर्ने थियो । हाम्रो राम्रो टिम छ । बलिङ र ब्याटिङमा राम्रो थियो । मोमेन्टम चाहिने थियो त्यो ग्रयाब भयो । अब आउने गेममा त्यसरी नै जान्छौँ ।’
कर्णालीका कप्तान सोमपाल कामीले पनि सुमित र करणले राम्रो खेलको भन्दै प्रशंसा गरे । ‘करण केसीले एकदमै राम्रो इनिङ्स खेल्यो । महर्जन (सुमित)ले राम्रो खेल्यो । हामीले त्यो बिर्सन हुँदैन । किनकी यो विकेटमा त्यस्तो सजिलो छैन । हामीले पनि एक दुई गल्ती गर्यौँ । आउने दिनमा त्यस्तो दोहोर्याउनु हुँदैन ।’
‘कमब्याक गर्न जिम्मेवारी बढेको छ‘
लिगअघि कर्णाद्यी याक्स टोली सन्तुलित र बलियो टिम देखिएको थियो । त्यसमा पनि धवनले चर्चाले ठुलो हाइप पाएको थियो । तर सुरुवाती दुई खेलमा कर्णालीले जित निकाल्न सकेन । लगातार दुई हारपछि कर्णाली अंकविहिन छ ।
काठमान्डु विरुद्ध धवनले अविजित अर्धशतक हानेपनि त्यो सुखद हुन सकेन । सुमित र करणले तयसलाई छाँयामा पारिदिए ।
दुई हारपछि कर्णालीका कप्तान सोमपाल कामीले अब जिम्मेवारी बढेको बताए । ‘प्रेसर भन्दा पनि जिम्मेवारी बढेको छ हामीले कसरी कमब्याक गर्ने भनेर । कसरी म्याचहरु जित्ने । त्यसमा काम गर्नेछौँ’ उनले खेलपछि भने ।
उनले खेलमा २० रन जति कम भएको बताए । ‘टर्निङ प्वाइन्ट भन्दा नि हामी २० रनले सर्ट भयौँ । यो विकेटमा १५० बन्न सक्छ किनकी विकेट सुरुदेखि राम्रो खेलिराथ्यो । हामीले डेथ ओभरमा राम्रो गर्न सकेनौँ । आशा छ भविष्यमा रम्रो गर्न सक्छौँ ।’
बलिङ र फिल्डिङ राम्रो गरे जित्न सकिन्छ भन्ने लागेपनि योजना अनुसार हुन नसकेको सोमपालले बताए ।
‘दोस्रो इनिङ्सअघि नै १०-२० रन कम बनेको छ भन्ने लागेको थियो । तर हामीले बलिङ र फिल्डिङमा रम्रो गर्न सकेन मयाच जितिन्छ भन्ने थियो । फिल्डिङमा कमजोर भयौँ र डेथ ओभरमा राम्रो गर्न सकिएन ।’ सोमपालले हारको कारण बताए ।
धवनले अघिल्लो दिनमै म टिकेर खेल्छु भनेको र त्यही योजना अनुसार नै खेलेको सोमपालले बताए ।
प्रतिक्रिया 4