+
+

विश्नोईको नाममा धम्क्याएको आरोपमा पनि दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी

भारतीय गुन्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १७:४६
फाइल तस्वीर

२० मंसिर, काठमाडौं । भारतीय गुन्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुरोधमा काठमाडौं जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरे ।

‘पक्राउ पुर्जी जारी भएको छ । साइबरको काम सकिएपछि बयानका लागि हामी बोलाउँछौं,’ एसपी बोगटीले अनलाइनखबरसँग भने ।

यसअघि प्रसाईंकै निर्देशनमा धम्क्याएको भन्दै झापाका हरिचन्द्र फुयाँललाई सीआईबीले पक्राउ गरेको थियो ।

फुयाँलले प्रसाईंकै निर्देशनमा धम्क्याएको खुलेको थियो । फुयाँल र प्रसाईंबीच पनि १०० पटकभन्दा बढी फोन कल देखिएको थियो ।

उनीहरूविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइने सीआईबीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?