+
+

टीआरसी पदाधिकारीबारे प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल, संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी

प्रधानमन्त्री ओलीले विहीबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त छलफल गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते ११:१४
फाइल तस्वीर

२१ मंसिर, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग शीर्ष नेतृत्वसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले विहीबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त छलफल गरेका हुन् । छलफल सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको पदाधिकारी चयनका विषयमा केन्द्रित थियो । तर छलफलमा ठोस सहमति नभएको स्रोतले बतायो ।

दुवै आयोगको पदाधिकारी छनोट तथा सिफारिस समितिमा संस्थागत र व्यक्तिगत गरी १५६ जनाको आवेदन परेको छ । तीमध्येबाट आज संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी छ । त्यसका लागि समितिको बैठक आज दिउँसो दुई बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?