+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सदर चिडियाखानाको टिकट शुल्क भुक्तानी डिजिटल माध्यमबाटै गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १३:१४

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले सदर चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाएको छ ।

योसँगै जावलाखेलमा अवस्थित चिडियाखानाको अवलोकन गर्नका लागि आवश्यक प्रवेश शुल्क भुक्तानीका लागि नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले टिकट भुक्तानीका लागि डिजिटल माध्यमको व्यवस्था मिलाएसँगै अनलाइन भुक्तानी सम्भव भएको हो ।

अवलोकनकर्ताले आफ्नो मोबाइल बैकिङबाट क्यूआर कोड स्क्यान गरी सहजै टिकटको भुक्तानी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?