+

काभा क्लब च्याम्पियनसिप: पहिलो खेलमा हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँग खेल्ने

२०८१ मंसिर  २१ गते १३:५२ २०८१ मंसिर २१ गते १३:५२
काभा क्लब च्याम्पियनसिप: पहिलो खेलमा हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँग खेल्ने

२१ मंसिर, काठमाडौं । शनिवार देखि काठमाडौंमा सुरु हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

तालिका अनुसार नेपाली क्लब हेल्प नेपाल स्पोर्ट्स क्लबले उद्घाटन खेलमा भारतको क्यालिकट हिरोजसँग प्रतिस्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

पहिलो दिनै नेपालको अर्को क्लब गण्डकी प्रदेशले माल्दिभ्सको एचडिसी क्लबसँग खेल्नेछ । यो खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

अन्य दिनको खेलहरु भने दिउँसो साढे २ र साँझ ५ बजे सुरु हुनेछ ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अनुसार नेपाल भलिबल संघको आयोजनामा हुन लागेको काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा नेपालका दुई सहित ५ क्लबको सहभागिता छ ।

नेपालबाट आठौं एनभीएल लिगको विजेता हेल्प नेपाल  र उपविजेता गण्डकी प्रदेशले खेल्दैछन् । यस्तै भारतको क्यलिकट हिरोज, माल्दिभ्सको एचडिसी क्लब र इरानको चादौर क्लब छन् ।

सिंगल राउण्ड रोविनका आधारमा लिग चरणमा कूल १० खेल हुनेछन् । त्यसपछि शीर्ष चार टोलीले सेमिफाइन खेल्नेछ ।

लिग चरणमा पहिलो र तेस्रो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र चौथो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ ।

फाइनल खेल डिसेम्बर १४ अर्थात मंसिर २९ गते हुनेछ ।

 

काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय