+
+

उदयपुरको चौदण्डीगढीमा हात्तीको बथान छिरेर मच्चायो आतंक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १४:१४

२१ मंसिर, काठमाडौं । उदयपुरको चौदण्डीगढी–९ ज्यामिरे बस्तीमा हात्तीको बथान नै छिरेर आतंक मच्चाएको छ । बिहीबार मध्यराति २०/२२ वटा हात्तीको समूह नै बस्तीमा छिरेर धनजनको क्षति गरेको स्थानीयले बताएका छन् ।

हात्तीले ज्यामिरेका स्थानीय धनो कुमारी चौधरी, विष्णुदेव चाैधरीकाे घरसँगै जाेडेर बनाएको भकारीकाे धान, चामल र आलस खाएर नष्ट पारिदिएकाे छ । त्यस्तै, घरमा राखिएको अन्न लगायतका अन्य सामग्रीको क्षति भएको छ ।

हात्तीले आतंकले गाउँलेहरू त्रसित भएका छन्। स्थानीय थानपाेखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवनारायण चाैधरीका अनुसार हात्तीको समूह पश्चिम कटारीबाट पूर्वतर्फ जाँदै गर्दा यो क्षति भएको हो।

यस्तै, गत मंगलबार राति हात्तीले त्रियुगा नगरपालिका–५, पल्लो श्रीपुरका भीमबहादुर बस्नेतको पक्की घरसँगै जोडेर बनाइएको भान्सा घर भत्काउनुका साथै ६ मुरी धान खाएर नष्ट पारिदिएको छ ।

सातधारेको जंगलबाट आएको हात्तीले बस्तीमा पसेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?