+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अन्डाको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १९:३१

२१ मंसिर, चितवन । शनिबारदेखि लागु हुने गरी अन्डाको मूल्य बढेको छ । नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अन्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अन्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रुपैयाँ चार सय ७० र मझौलाको रुपैयाँ चार सय ५५ कायम गरिएको छ ।

पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अन्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अन्डाको मूल्य वृद्धि भएको बताए। उनका अनुसार यसअघि अन्डाको मूल्य पाँच सय पाँच रुपैयाँसम्म पुगेर क्रमशः घटेको थियो ।

मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन् । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अन्डाको मूल्य वृद्धि भएको बताए । हाल दैनिक २२ लाख गोटा हाराहारी अन्डा उत्पादन हुँदै आएका उनले जानकारी दिए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?