+

दुई खेल जितेको सुदूरपश्चिम र जितविहिन लुम्बिनी भिड्दै

२०८१ मंसिर  २२ गते ६:०६ २०८१ मंसिर २२ गते ६:०६
दुई खेल जितेको सुदूरपश्चिम र जितविहिन लुम्बिनी भिड्दै

२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार पनि दुई खेल हुँदै छन् । जस अन्तर्गत पहिलो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र जितविहिन लुम्बिनी लायन्सबीच हुनेछ । खेल बिहान ९ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ ।

यो खेल राष्ट्रिय टिमका कप्तान रोहित पौडेल र टाइगर उपनाम पाएका दीपेन्द्र सिंह ऐरी बीचको भिडन्त पनि हुनेछ ।

दीपेन्द्रको कप्तानीमा सुदूरपश्चिमले सुरुवाती दुवै खेल जितेर शानदार सुरुवात गरेको छ । उता रोहितको लुम्बिनीले भने सुरुवाती दुवै खेलमा हार व्यहोरेको छ ।

सुदूरपश्चिम लगातार तेस्रो जित निकाल्दै जनकपुरलाई अंकतालिकामा भेट्टाउने लक्ष्यमा छ भने लुम्बिनी पहिलो जितको लक्ष्यमा छ ।

शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको लुम्बिनीले २४ घण्टा नबित्दै अर्को खेल खेल्नुपर्ने अवस्था छ । अब लगातार खेल रहेकोले लुम्बिनीलाई जित्नका लागि ठूलो दबाब छ । पहिलो खेलमा लुम्बिनी विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको थियो । ब्याटिङ राम्रो भएपनि बलिङ कमजोर हुँदा लुम्बिनीलाई स्कोर डिफेण्ड गर्न कठिन भएको छ ।

उता सुदूरपश्चिम रोएल्सले भने ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरिरहेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले तथा दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको थियो ।

खेल : सुदूरपश्चिम रोएल्स भर्सेस् लुम्बिनी लायन्स

मिति र समय : २२ मंसिर, विहान ९ बजे

लुम्बिनी लायन्स सम्भावित ११ : आशुतोष घिरैया, रोहित पौडेल, टम मूर्स, उन्मुक्त चन्द, सन्दीप जोरा, बिबेक यादव, साद बिन जफर, तिलक राज भण्डारी, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता

सुदूरपश्चिम रोएल्स सम्भावित ११ : इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहन मुस्तफा, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद

नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय