+
+

बीआरआई सम्झौताको आलोचना गर्नु बचपना हो : परराष्ट्रमन्त्री राणा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २२ गते १४:५३
Photo Credit : NAN

२२ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन् ।

इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गरेकी हुन् ।

उनले बीआरआई सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी गरिएको गुनासो गरिन् ।

ऋण लिने/दिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाइन् । नेपालले चीनसँग बीआरआई बाहेक अन्य कुनै सम्झौतामा हस्ताक्षर नगरेको पनि उनले स्पष्ट पारिन् ।

चीनले अघि सारेका डेभलपमेण्ट इनिसिएटिभ्स बारेमात्रै नेपालको चासो भएको भन्दै उनले बीआरआई सम्झौता आफैं विकास सहायता भएको बताइन् । नेपाल चीनको ग्लोबल डेभलपमेण्ट इनिसिएटिभ्समा मात्र सहभागी भएको मन्त्री राणाको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेदेखि चीनको चारदिने औपचारिक भ्रमण गर्दा बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?