+
+

नेपालमा आक्रामक ‘पुष्पा २’, यस्तो छ तीन दिने कमाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २२ गते १९:३३

काठमाडौं । अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ले नेपाली बक्स अफिसमा पहिलो सप्ताहन्त ‘ब्लकबस्टर’ कमाइ गरेको छ । बिहीवारदेखि शनिबारसम्मै हलहरूमा दर्शकीय उछाल देखियो ।

फिल्मले शनिबार दिउँसो १२ बजेसम्म देशब्यापी ७ करोड ८५ लाख ग्रस कमाएको स्रोतले जनाएको छ । त्यसपछि रात्रीकालिन शो समेतको १ करोड जोड्दा फिल्मको ३ दिने ग्रस कलेक्सन ८ करोड ५० लाख रुपैयाँ ग्रस हाराहारीमा हुन आउँछ ।

‘यो ब्लकबस्टर कमाइ हो । तर, यसले लगानी उठाउन पनि अर्को साता पनि यस्तै उछाल ब्यापार गर्नुपर्छ’ स्रोतले भन्यो । तीन नेपाली वितरकले यो फिल्मलाई झण्डै ७ करोड मूल्यमा नेपाल ल्याएका हुन् । यसअनुसार लगानी उठाउन पनि फिल्मले २२ करोड ग्रस कमाउनैपर्छ ।

अहिलेसम्मकै महंगो मूल्यमा सुकुमार निर्देशित फिल्म नेपाल भित्रिएको हो । यो फिल्म विहिबारदेखि नेपालका हलमा रिलिज भएको हो । यदि थ्रीडी संस्करण रिलिज भएको भए फिल्मको ग्रस अझै धेरै हुन सक्थ्यो ।

‘पुष्पा २’मा अल्लु अर्जुन, रश्मिका मन्दाना लगायतका कलाकारको अभिनय छ । फिल्मले भारत र अन्तर्राष्ट्रिय बजारमा अहिलेसम्मकै उच्च ओपनिङ गर्ने भारतीय फिल्मको कीर्तिमान रचेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?