
२२ मंसिर, काठमाडौं । ६० किलो चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगर–२१ अमलेखगञ्जबाट प्रहरीले कलैया उपमहानगरपालिका–५ का ३६ वर्षीय कर्म साह सोनालाई पक्राउ गरेको हो ।
शनिबार बिहान ११ः२० बजे ती व्यक्ति वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्कुटीको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाएर उक्त सेता धातु बोकेर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्तिबारे आवश्यक कानुनी प्रक्रिया अधि बढाइएको पनि प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिबाट बरामद भएको चाँदीको मूल्य एक करोड दुई लाख रूपैयाँ बराबर हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4