+

दुई फरक अवस्थाको टिम जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दै

२०८१ मंसिर  २३ गते ६:१७ २०८१ मंसिर २३ गते ६:१७
दुई फरक अवस्थाको टिम जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दै

२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई फरक स्थितीमा रहेको टिम जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स पहिलो खेलमा भिड्दै छन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

एकातर्फ जनकपुर एक जितले प्लेअफ नजिक पुग्नेछ भने अर्कोतर्फ एक हारले लुम्बिनी लायन्सको प्लेअफ पुग्ने सम्भावना लगभग अन्त्य हुनेछ ।

अनिल शाहको कप्तानीमा रहेको जनकपुरले सुरुवाती तीन खेलमा शतप्रतिशत जित निकालेको छ । ६ अंक जोडेर जनकपुर अंकतालिकामा दोस्रो स्थानमा छ । सुदूरपश्चिम रोएल्स समान अंक भएपनि जनकपुर नेटरनरेटमा पछि रहेको हो ।

जनकपुरले उद्घाटन खेलमै विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो । त्यसपछि कर्णाली याक्सलाई पनि सोही नतिजामा हराएको जनकपुरले पोखरा एभेन्जर्समाथि ७ विकेटको जित हासिल गरेको थियो ।

जनकपुर लगातार चौथो खेल जितेर प्लेअफको नजिक पुग्ने लक्ष्यमा छ ।

उता राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी भने लगातार तीन खेल हारेर पूछारमा छ । एनपीएलमा सहभागि ८ मध्ये अहिलेसमसम् जितविहिन हुने एक्लो टोली लुम्बिनी नै हो । बाँकी ७ टोलीले कम्तीमा एक खेल जितेका छन् ।

लुम्बिनीका लागि जारी एनपीएलमा ३ खेल सकिँदासम्म कही राम्रो भएको छैन । एकातर्फ हारबाट प्रतियोगिताको सुरुवात । त्यसमाथि लगातार खेल्नुपर्ने बाध्यता  । अर्कोतर्फ लुम्बिनीको विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । यस्तै नेपाली खेलाडीबाट पनि सोचे अनुसारको प्रदर्शन देखिन सकेको छैन ।

कप्तान रोहित र विवेक यादवले एक-एक अर्धशतक बनाउनु बाहेक लुम्बिनीको अहिलेसम्म सम्झनलायक केही पनि छैन ।

लुम्बिनीलाई कम्तीमा प्लेअफ सम्भावना कायम राख्न र समर्थकहरुका लागि खुशी बनाउन भएपनि अब जनकपुरविरुद्ध जितको विकल्प छैन । प्रतियोगिता जति अघि बढ्दै गयो लुम्बिनीलाई अझ दबाब थपिँदै जानेछ ।

खेल : जनकपुर रोएल्स भर्सेस लुम्बिनी लायन्स

मिति र समय :  २३ मंसिर बिहान ९ बजे

स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर

जनकपुर बोल्ट्स सम्भावित ११ : आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, जिम्मी नीशम, आकाश त्रिपाठी, मोहम्मद मोहसिन, हेमन्त धामी, किशोर महतो, ललित राजवंशी, तुल बहादुर थापा

लुम्बिनी लायन्स सम्भावित ११ : उन्मुक्त चन्द, टम मुर्स, रोहित पौडेल, सन्दिप जोरा, विवेक यादव, साद विन जफर, दिनेश अधिकारी, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, सूर्य तामाङ, तिलकराज भण्डारी

नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय