+
+

जुवातास खेलेको आरोपमा काठमाडौंबाट १६ जना पक्राउ

जुवातास खेलेको आरोपमा काठमाडौंका दुई ठाउँबाट १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १२:१५

२३ मंसिर, काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौंका दुई ठाउँबाट १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलबहादुर समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी नागार्जुन नगरपालिका–३ गैरीगाउँ बस्ने हर्कबहादुर गुरुको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामा समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार ७ सय ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?