+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आर्थिक विकासमा दमक व्यापारिक कम्प्लेक्सको महत्व छ : उपप्रधानमन्त्री सिंह

रासस रासस
२०८१ मंसिर २३ गते २०:५६
दमकको व्यापारिक कम्प्लेक्स उद्घाटन गर्दै प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री सिंह

२३ मंसिर, दमक (झापा) । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दमकमा निर्माण गरिएको व्यापारिक कम्प्लेक्सले स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बाएका छन् ।

नेपाली कांग्रेस दमक नगर समितिले आज पार्टी कार्यालयमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यहाँका व्यापारिक कम्प्लेक्ससहित देशभरिका ६ विशेष संरचनाका आयोजना सञ्चालनको चरणमा रहेकाले यसले दूरगामी महत्व राख्ने बताए ।

दमक–३ स्थित दापगाछीमा सरकारले निर्माण गरेको १८ तले दमक व्यापारिक कम्प्लेक्सको कार्यक्रममा सहभागी हुन आएका उनले राष्ट्रिय गौरवका योजनाका रुपमा रहेका यस्ता सम्पदालाई स्थायी रुपमा सञ्चालन गर्न सरकारले सुरुवात गरेको उल्लेख गरे ।

स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता सिर्जना भइरहेको बेला उपप्रधानमन्त्री सिंहले बनेका सरंचनालाई प्रयोगमा ल्याउन सरकार स्पष्ट योजनाका साथ सक्रिय भएको बताए ।

कांग्रेसलाई व्यवस्थित बनाउन आवश्यक भएको औंल्याउँदै कांग्रेसभित्र देखिएको बेथितिका कारण मुलुक नै अस्थिर हुने विचार राख्दै उपप्रधानमन्त्री सिंहले देशलाई विकास र समृद्धिमा लैजान फेरि पनि कांग्रेसकै अगुवाइ हुनुपर्नेमा जोड दिए ।

कांग्रेस पार्टी बलियो भए मात्र देशले प्राप्त गरेको अधिकारसहित उपलब्धि संस्थागत गर्न सकिने उनको भनाइ थियो ।

सो भेलामा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, जिल्ला सभापति देउकुमार थेवे र क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले कांग्रेसले देशकै अगुवाइ गर्न अब संगठित भएर जुट्नुपर्ने बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?