+

टोटनहाममाथि चेल्सीको पुनरागमन जित, आर्सनलको बराबरी

२०८१ मंसिर  २४ गते ७:५८ २०८१ मंसिर २४ गते ७:५८
टोटनहाममाथि चेल्सीको पुनरागमन जित, आर्सनलको बराबरी

२४ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सीले रोमाञ्चक जित निकालेको छ । चेल्सीले टोटनहामलाई ४-३ गोलअन्तरले हराएको हो ।

२-० ले पछाडि परेको अवस्था उल्टाएर चेल्सीले टोटनहामलाई उसैको मैदानमा हराएको हो । चेल्सीको जितमा कोल पाल्मरले २ गोल गरे भने जाडन सान्चो र एन्जो फर्नान्डेजले एक-एक गोल गरे । टोटनहामका डोमिनिक सोलान्के, डेजान कुलुसेभ्स्की र सन ह्युङ् मिनले एक-एक गोल गरे ।

खेलको पाचौं मिनेटमा सोलान्के र ११औं मिनेटमा कुलुसेभ्स्कीले गोल गरेपछि सुरूवातदेखि नै घरेलु टोलीले अग्रता बनाएको थियो । १७औं मिनेटमा सान्चोले गोल फर्काएपछि पहिलो हाफमा टोटनहाम २-१ ले अगाडि थियो ।

दोस्रो हाफको ६१औं मिनेटमा पाल्मरले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । ७३औं मिनेटमा एन्जोले गोल गरेपछि चेल्सीले खेलमा अग्रता बनायो । ८४‍औं मिनेटमा पाल्मरले दोस्रो गोल गर्दै चेल्सीलाई ४-२ ले अगाडि राखे । इन्जुरी समयमा सनले गोल गरेपनि टोटनहामले खेल गुमायो ।

जितसँगै १५ खेलमा ३१ अंक भएको चेल्सी अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको लिभरपुलको १४ खेलमा ३५ अंक छ । टोटनहाम १५ खेलमा २० अंकसित ११औं स्थानमा छ ।

आर्सनलको बराबरी

गएराति नै भएको अर्को खेलमा आर्सनलले फुलहामसँग बराबरी खेलेको छ । आर्सनलले १-१ को बराबरी खेल्दै हार टारेको हो ।

खेलको ११औं मिनेटमा राउल जिमेनेजको गोलमा घरेलु टोली फुलहामले अग्रता लिएको थियो । ५२औं मिनेटमा विलियम सालिबाले गोल गर्दै आर्सनललाई खेलमा फर्काए ।

त्यसपछि गोल हुन नसक्दा फुलहाम र आर्सनलले अंक बाँडे । यो बराबरीपछि आर्सनल १५ खेलमा २९ अंक जोड्दै तेस्रो स्थानमा छ भने २३ अंक भएको फुलहाम १०औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय