+
+

वरिष्ठ सई नेपाली अम्बेडकर एक्सिलेन्सी अवार्डबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते ९:५५

२४ मंसिर, काठमाडौं । नेपाल प्रहरीबाट पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका पुरुषोत्तम नेपाली भारतमा समेत सम्मानित भएका छन् । उनलाई भारतीय दलित साहित्य एकाडेमीले ‘डाक्टर अम्बेडकर एक्सिलेन्सी सर्भिस इन्टरनेसनल अवार्ड–२०२४’ बाट सम्मान गरेको हो ।

नेपाल प्रहरीका बरिष्ठ सई सोलुखुम्बु निवासी नेपाली गत जेठ २ गते बिहान सवा १० बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । उनी नेपाल प्रहरीबाट सगरमाथाको शिखरमा पुग्ने पहिलो व्यक्ति हुन् ।

उनलाई प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले, नेपाल सरकारको गृह मन्त्रालयले र अन्य दर्जनौं संघसंस्थाले समेत सम्मान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?