+

सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि

२०८१ मंसिर  २४ गते २२:३२ २०८१ मंसिर २४ गते २२:३२
सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि

२४ मंसिर, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलवारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ।

७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन। प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ३५ हजार नगद पुरस्कार राशी रहेको नेपाल प्रोफेसनल गल्फर्स संघ (पिजिए नेपाल) का महासचिव दिपक आचार्यले जानकारी दिए।

विजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन। चौथो हुनेले ५५ हजार र पाँचौं हुनेले ४८ हजार नगद पुरस्कार प्राप्त गर्नेछन। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। उत्कृष्ट २१ प्रोफेसनल गल्फर तथा प्रो-कट बनाउने एमेच्योरले अन्तिम दुई दिनको लागि स्थान वनाउने छन। कट बनाउने सबै प्रो गल्फरले नगद पुरस्कार हात पानेछन।

डिफेन्डिङ च्याम्पियन निरज तामाङ, नेपाल नम्बर एक प्रो भुवन नगरकोटी, रवि खड्का र दिनेश प्रजापति प्रमुख दाबेदार खेलाडी हुन। उनीहरूलाई पछिल्लो प्रतियोगिताको विजेता एमेच्योर खेलाडी राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर सदभाव आचार्यले कडा चुनौती दिने अनुमान गरिएको छ।

नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपिजिए) का अध्यक्ष रविन्द्रमान श्रेष्ठले यस प्रतियोगितामा खेलाडीहरूको प्रभावशाली स्कोर आउनेमा विश्वस्त रहेको बताए। साथै उनले प्रायोजक, सूर्य नेपाललाई निरन्तर सहयोगको लागि धन्यवाद दिए।

सूर्य नेपाल काठमाडौं ओपन गल्फ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय