२५ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिग (एनपीएन) मा दोस्रो अर्धशतक प्रहार गरेका छन् ।
उनले चितवन राइनोजविरुद्धको खेलमा आफ्नो दोस्रो अर्धशतक पूरा गरेका हुन् । उनले ४३ बल खेल्दै २ चौका र ३ छक्काको मदद्तमा ५० रन पूरा गरेका हुन् । यसअघि उनले पोखरा एभेन्जर्ससँग ९५ रन हानेका थिए ।
रोहित जारी एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले अहिलेसम्म यसअघिको चार खेलमा १८१ रन रन बनाएका थिए । आज अर्धशतक प्रहार गरेपछि उनले २०० रनको आँकडा कटाइसकेका छन् ।
रोहितको उत्कृष्ट ब्याटिङका बाबजुत लुम्बिनी अहिलेसम्म भएका चारै खेल हारेको छ र जितविहीन छ ।
रोहित एनपीएलमा दुई शतक हान्ने दोस्रो र पहिलो नेपाली खेलाडी हुन् । यसअघि चितवन राइनोजका इंग्लिस खेलाडी रवि बोपाराले दुई अर्धशतक हानेका थिए ।
प्रतिक्रिया 4