+
+

यस्तो छ टप १० ब्रोकर कम्पनीको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते १७:४०

२५ मंसिर, काठमाडौं । मंगलबार सेयर बजारमा कुल ४ अर्ब ४१ करोडको कारोबार भयो । यो कारोबारमा टप १० ब्रोकर कम्पनीको हिस्सा ३६.८ प्रतिशत हो ।

यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल १ अर्ब ५९ करोडको धितोपत्र खरिद हुँदा १ अर्ब ६६ करोड रुपैयाँको बिक्री भयो ।

टप १० ब्रोकर कम्पनीमध्ये ५ मार्फत खरिद धेरै भएको छ भने ५ मार्फत बिक्री धेरै भएको छ । इम्पेरियल, सनी, क्यापिटल, डायनामिक र त्रिशक्तिमार्फत खरिद धेरै भएको छ । त्यस्तै नासा, आर्यतारा, भिजन, अनलाइन र दिपशिखामार्फत बिक्री धेरै भएको छ ।

धेरै कारोबार भएका टप १० कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा माइ हाइड्रोपावर, जानाकी फाइनान्स, हिमालयन डिस्टिलरी, एसबीआई बैंक, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?