+

अमेरिकी अलराउन्डर हर्मीत सिंह रोयल्समा अनुबन्धित

२०८१ मंसिर  २६ गते ८:३६ २०८१ मंसिर २६ गते ८:३६
अमेरिकी अलराउन्डर हर्मीत सिंह रोयल्समा अनुबन्धित

२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हर्मीत सिंहलाई अनुबन्ध गरेको छ ।

अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टि२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका सिंह सोमबार नेपाल आइपुगेका छन् । उनले २३ टि२० आई र १० ओडीआई खेल खेलेका छन् ।

भारतबाट यू१९ विश्वकप जितेका सिंहको आगमनले रोयल्सको टोली थप बलियो भएको टिमले जनाएको छ ।

सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् । सुदूरपश्चिमले लिगको ४ खेलमा ३ जितसहित ६ अंक जोडिसकेको छ ।

सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक रहेको छ ।

हर्मीत सिंह

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय