
२६ मंसिर, काठमाडौं । गरिमा विकास बैंकको कोष प्रवर्द्धनमा गरिमा समृद्धि योजना पुस ७ देखि सर्वसाधारणका लागि निष्कासन हुने भएको छ ।
बन्दमुखी यस योजना छिटोमा पुस ११ र ढिलोमा २१ गतेसम्म आवेदन खुल्नेछ । प्रतिइकाइ १० रुपैयाँ रहने म्युचुअल फन्डमा न्यूनतम १०० र अधिकतम १ करोड इकाइका लागि आवेदन दिनुपर्ने छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।
कुल १ अर्ब रुपैयाँको १० करोड इकाइ जारी हुनेमा ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिन लागेको हो । १० वर्षे अवधिको यस योजना बन्दमुखी रहेकाले दोस्रो बजारमा कारोबार हुनेछ ।
विभिन्न कम्पनीका सेयर, ऋणपत्र, योजना, निक्षेप, मुद्रा बजारका उपकरणमा योजनाबाट संकलित रकम लगानी हुनेछ । दोस्रो बजारमा हाल ३६ वटा बन्दमुखी योजना सूचीकृत छन् । तीमध्ये कतिपय योजना अंकित मूल्य १० रुपैयाँभन्दा सस्तो पाइने गरेको छ ।
प्रतिक्रिया 4