+
+

जापान पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

जापान पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छ्न ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते १८:२४

२६ मंसिर, काठमाडौं । जापान पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छ्न ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ का ४५ वर्षीय विष्णु लोप्चन छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले जापान पठाउने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

ललितपुरबाट पक्राउ परेका लोप्चनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?