+

रेइफर नायक बन्दा सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

२०८१ मंसिर  २७ गते १२:४१ २०८१ मंसिर २७ गते १२:४१
रेइफर नायक बन्दा सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलमा पोखराले पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो । १९ रनको लक्ष्य पाएको विराटनगरले १ विकेट गुमाएर ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।

पोखराको जितमा रेमोन रेइफर नायक बने । रेइफरले निर्धारित खेलको अन्तिम बलमा छक्का हान्दै खेल बराबरी गराएका थिए । त्यसपछि सुपर ओभरमा उनैले ब्याटिङ गर्दै २ छक्का र १ चौका हान्दा पोखराले १८ रन बनाएको थियो । सुपर ओभरमा पनि रेइफरले नै बलिङ गर्दै जम्मा ५ रन मात्र बनाए ।

लिगमा पाँचौं खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक जोडेको छ र प्लेअफ सम्भावना कायम राखेको छ । पाँच खेलमा चौथो हार व्यहोरेको विराटनगरको २ अंक मात्र छ र प्लेअफ होड कठिन बनेको छ ।

त्यसअघि १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

पोखराका लागि ओपनर आन्द्रेस गौसले २७ बलमा ७ चौका मदतमा ३६ रन बनाए । कप्तान कुशल भुर्तेलले ३१ रन बनाए। उनले ३४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

बलिङमा विराटनगरका प्रतिश जिसीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । क्रिस सोलले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे ।

बसिर अहमदले २० बल खेल्दै १ छक्का मद्दतमा अविजित २१ रन बनाए ।

पोखराका लागि बलिङमा सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । रेमोन रेइफरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

एनपीएल पोखरा एभेन्जर्स विराटनगर किंग्स

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय