२७ मंसिर, काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको टिमले प्रमुख प्रशासकीय अधिकृत ११ को टिमविरूद्ध ५-२ गोल गरेको छ ।
३०औँ महानगर दिवसको अवसरमा आज सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा बालेनको टिमले ५-२ गोल गरेको हो । जसमा
महानगर प्रमुख बालेन साहले १ गोल गरेका छन् । उनले दोस्रो हाफमा गोल गरेका हुन् ।
खेलमा जनप्रतिनिधिको नेतृत्व गर्दै प्रमुख बालेन र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले खेलेका थिए । ६० मिनेटको खेलमा पूरै समय खेलेका थिए ।
महानगर दिवसका अवसरमा भोलि परम्परागत बाजा गुरु सम्मान, विद्यालयका विद्यार्थीस्तरीय हाजिरी जवाफ प्रतियोगिता र शिक्षक स्तरीय कविता बाचन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ।
मंसिर २९ गते शनिवार विहान ८ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम हुनेछ । त्यस अवसरमा सबै वडाबाट सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ । त्यसै अवसरमा विभिन्न क्षेत्रगत रुपमा योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान कार्यक्रम हुनेछ ।
९ बजेदेखि टुँडिखेल मैदानमा स्थानीय मौलिक परिकार तथा पेय पदार्थहरुको स्टल, एक वडा एक नमूना कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी हुनेछ । दिउँसो ३ बजेदेखि व्याण्ड तथा कलाकारहरुको सांगीतिक प्रस्तुति हुनेछ ।
प्रतिक्रिया 4