२९ मंसिर, दमौली । तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ ।
सहृदयी मञ्च तनहुँको आयोजना र व्यास नगरपालिकाको सहयोगमा आज दमौलीमा व्यास नगर मैत्रीपूर्ण ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिहरुबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिए ।
उनले भने, ‘समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरुले खेल खेल्न सक्दैनन् भन्ने सोचाइ विद्यमान छ । त्यो सोचलाई हटाउनका लागि पहिलो पटक बास्केटबल प्रतियोगिता आयोजना गरेका छौ।’
खेल व्यास नगरपालिका–३ स्थित बास्केटबल कोर्टमा सञ्चालन हुनेछ ।
हाल व्यास नगरपालिकालगायत अन्य स्थानीय तहहरुले अपाङ्गता भएका व्यक्तिहरुले खेल्ने विभिन्न प्रकारका खेलकुदका लागि बजेट विनियोजन गर्न लागेको सुवेदीको भनाइ छ।
 
                    










 २०८१ मंसिर  २९ गते १३:२९
                        २०८१ मंसिर  २९ गते १३:२९                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4