+
+

के-पप गायिका एन-ए सङलाई ८ वर्षको जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १३:४८

काठमाडौं । चर्चित के–पप ब्याण्ड इन्स्टारकी गायिका तथा डिजे एन–ए–सङलाई दुर्घटनाको घटनामा आठ वर्षको जेल सजाय सुनाइएको छ । उनले हाँकेको गाडीको ठक्करबाट ५० वर्षीय एक डेलिभरी म्यानको मृत्यु भएको थियो ।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार त्यहाँको सर्वोच्च अदालतले डिसेम्बर १० मा जेल सजायको फैसला सुनाएको हो । गायिका ए–सङले हाँकेको मर्सिडिज बेन्ज गाडी एसयूभीको ठक्करबाट ती पुरुषको मृत्यु भएको घटनामा उनी दोषी ठहर भएकी हुन् ।

सेप्टेम्बरमा भएको सुनुवाइमा येसोङले आफ्नो म्युजिक करिअर त्याग्ने योजना रहेको बयान दिएकी थिइन् । पीडितलाई सहयोग नगरी घटनास्थलबाट भागेको कारण पहिलो मुद्दामा उनलाई १० वर्षको सजाय सुनाइएको थियो ।

घटनाप्रति पश्चाताप गर्दै पीडित परिवारसामु पुगेपछि उनको जेल सजायमा कटौती गरिएको हो । अभियोजन पक्षले सुरुमा उनलाई १५ वर्षको जेल सजाय हुनुपर्ने जिकिर गरेको थियो ।

डिजे समेत रहेकी २४ वर्षीया ए–सङका वकिलले गायिकाले अभियोग स्वीकारेको जनाए । ‘उनले अत्यधिक मादक पदार्थ सेवन गर्दै गाडी हाँकेकी थिइन् ।

येसोङले अदालती बयानमा आफू आर्थिक तनावबाट गुज्रिएको समेत बताएकी छन् । ‘त्यतिबेला बुकिङ नहुँदा आर्थिक संकटमा थिएँ । म एउटा महत्वपूर्ण भेलामा थिएँ जतिबेला मेरो जीविकोपार्जनमा समस्या थियो’ उनले बयानमा भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?