+
+

विदेश पठाउने भन्दै २७ लाख ठगेको आरोपमा २ जना पक्राउ

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १७:१२

२ पुस, काठमाडौं । विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धनकुटाको पाख्रिबास नगरपालिका–८ का ४९ वर्षीय पूर्णबहादुर गिरी र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ का २० वर्षीय मिसन गुरुङ छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

गिरीले अमेरिका पठाउने भन्दै ३ जनाबाट २४ लाख रुपैयाँ ठगी गरेको आरोप छ भने गुरुङले माल्टा पठाउने भन्दै १ जनाबाट ३ लाख ५ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?