+
+

वैदेशिक रोजगारीमा जाने धनुषा र झापाका धेरै

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १८:५३

२ पुस, काठमाडौं । नेपालीहरू वैदेशिक रोजगारीमा जानु सामान्य हो । सरकारप्रतिको अविश्वास र राजनीतिक अस्थिरताका कारण रोजगारी अवसर नपाउँदा काम गर्न विदेश जाने संख्या बढिरहेको छ ।

पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा सबैभन्दा धेरै तराईबाट वैदशिक रोजगारीका लागि गएका छन् ।

दुई वर्षयता सबैभन्दा धेरै धनुषा जिल्लाबाट ३९ हजार १ सय ७ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ ।

धनुषापछि झापाबाट ३४ हजार ३ सय ६२, मोरङ ३१ हजार ९७, सिरहा ३० हजार ९ सय ३०, महोत्तरी २७ हजार ३ सय ५०, सुनसरी २३ हजार ९ सय ४९, रुपन्देही २३ हजार ६ सय ६, सर्लाही २१ हजार २ सय ४३, सप्तरी २० हजार ४ सय र चितवनबाट १८ हजार २ सय ४८ जना कामका लागि विदेश गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?