+
+

आफूमाथि आक्रमण गर्नेलाई फिर्ता बोलाउन दूतावास पुगे प्रेम चलाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते २१:११

५ पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनले आफूमाथि आक्रमण गर्ने समूहका हरिप्रसाद आचार्य (अमेरिका) र निरज रानामगर (अष्ट्रेलिया)लाई फिर्ता पठाउन दूतावास पुगेर अपिल गरेका छन्। शुक्रबार नेपालस्थित अमेरिकी र अष्ट्रेलियाली दूतावासमा पुगेर अपिल गरेका हुन्।

‘मलाई आक्रमण गर्ने गिरोहका दुई व्यक्ति अमेरिका र अष्ट्रेलिया पुगेका छन्। जिल्ला अदालत काठमडौंले २ वर्षको सजाय तोकेको छ । सजाय तोकेको व्यक्ति कसरी गए ? फिर्ता ल्याउनका लागि दूतावास पुगरे अपिल गरेको हुँ,’ उनले भने।

अदालतले सजाय तोकेका व्यक्तिलाई नेपाल फिर्ता गरेर न्याय दिन चलाउनेले दूतावासलाई भनेका छन् ।

‘मुद्दा विचाराधीन रहेको अवस्थामा राजनीतिक शक्तिको आडमा उनीहरू विदेश गएका छन्। कारबाहीको दायरामा ल्याउन मद्दत गर्न दूतावासलाई आग्रह गरेको हुँ,’ उनले भने ।
चार वर्षअघि विश्वविद्यालय क्षेत्र भित्रै नै चलाउनेमाथि एउटा समूहले आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?