+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सर्लाहीमा एक महिलाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते ११:५०

७ पुस, काठमाडौं । सर्लाहीमा ढुंगा प्रहार गरेर एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीकै ईश्वरपुर नगरपालिका-१२ घारिबथान बस्ने ४८ वर्षीय बीरबहादुर मोक्तान छन् । उनले लालबन्दी नगरपालिका–१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको आरोप छ ।

वीरबहादुरले मंसिर २८ गते राति ढुंगा प्रहार गर्दा बिष्णुमाया गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको आज आइतबार लालबन्दीस्थित म्याक्स अस्पतालमा मृत्यु भएको हो ।

विष्णुमायाको मृत्यु भएपछि अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले वीरबहादुरलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?