+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सूर्यदर्शन सहकारी ठगी : ढोरपाटनका मेयर नेपालीविरुद्ध १ करोड ५४ लाख बिगो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १८:५३

७ पुस, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका बाग्लुङको ढोरपाटनका मेयर देवबहादुर नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोत्रपत्र अनुसार उनी सूर्यदर्शन सहकारीको उपाध्य पदमा रहेका बेला अपचलन भएकोमध्ये उक्त डेढ करोड रकम नेपालीले अपचलन गरेको उल्लेख गरिएको छ ।

उनी २०६७ पुस ६ देखि २०६८ मंसिर १७ सम्म सूर्यदर्शन सहकारीको उपाध्यक्ष थिए ।

नेपाली बाग्लुङकै इमेज सहकारीको २ अर्ब बढी रकम अपचलन आरोपमा पुर्पक्षमा अहिले बाग्लुङ कारागारमै छन् । यता सूर्यदर्शन सहकारीमा पनि उनीविरुद्ध मुद्दा दायर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?